रुबी हत्या प्रकरण : लक्ष्मण पासवानलाई कीर्तिपुर पठाइयो
सारांश
- रौतहटमा रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।
- पासवानले माधवनारायण नगरपालिका-६, माधोपुरको आँपको बगैँचामा आफैंले शरीरमा डिजेल खन्याएर आगो लगाएका थिए।
- प्रहरीका अनुसार पासवानको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ।
रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए।
प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचामा पासवानले आफैँले शरीरमा डिजेल खन्याई आगो लगाएका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई उद्धार गरी तत्काल अस्पताल पुर्याएको थियो।
प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ।
गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो। शव डोरीले बाँधिएको अवस्थामा भेटिएकोले यसलाई योजनाबद्ध हत्या मानिएको हो।
अनुसन्धानका प्रारम्भिक तथ्यअनुसार, पासवानले गौरस्थित डेरामा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा लैजान खोजेका थिए। तर, रिक्सामा समस्या आएपछि सुटकेस त्यही छाडेर भागेको प्रहरीको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण