उच्च अदालत पाटनले एन्फालाई भन्यो– फुटबल गतिविधिमा सहभागी हुनबाट गणेश थापालाई नरोक्नू
काठमाडौँ । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुनबाट नरोक्न आदेश जारी गरेको छ ।
याे सँगै पूर्व अध्यक्ष थापालाई फुटबलका गतिविधिमा सहभागी हुन पाउने बाटो खुला भएको छ । थापाले गत वैशाख ३१ गते एन्फा विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र कृष्णराम कोइरालाको इजलासले उक्त आदेश गरेको हो ।
अदालतले एन्फाको वैधानिकतामाथि नै प्रश्न उठिरहेको अनुशासन समितिले गत वैशाख ४ गते र सदाचार समितिले गत वैशाख १६ गते थापालाई एन्फा विधानको धारा २४ (३) ङ अनुसार फुटबलको कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी गरेको निर्णय खारेज गरिदिएको छ ।
एन्फाले थापाविरुद्ध लगाएको दश वर्षको प्रतिबन्ध समाप्त भइसकेको अवस्थामा पनि एन्फाले त्यसलाई स्वीकार गरेको थिएन र विवादास्पद बनाइरहेको थियो ।
यसैबिच थापाले धुलिखेलमा गत वैशाख २६ गते भएको साधारण सभामा पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश विपरीत आफूलाई प्रवेश गर्न नदिएकोमा दायर गरेको अदालतको अवहेलनाको मुद्दामा भने रिट दाबी खारेज भएको छ ।
बुधबार थापाले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति चित्त नबुझेको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण