ऊर्जामन्त्री र भौतिक पूर्वाधारमन्त्रीबिच विकास निर्माणलाई तीव्रता दिने विषयमा छलफल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा उनीहरूबिच विकास निर्माणका कामलाई तीव्रता दिने विषयमा छलफल भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको कार्यकक्षमा बुधबार भएको भेटमा मन्त्री खड्काले आगामी वर्षमा पनि विगतका जस्तै बजेट फ्रिज हुने अवस्था दोहोरिन नदिन, योजनाहरू समयमै सम्पन्न गर्न र योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री दाहाललाई आग्रह गरे ।
मन्त्री खड्काले सङ्खुवासभा जिल्लामा सञ्चालनमा रहेका सञ्चालनमा रहेका सडक, पुल तथा आवासीय संरचना निर्माणलाई तीव्रता दिन मन्त्री दाहालसँग आग्रह गरे ।
भेटमा भौतिक पूर्वाधार मन्त्री दाहालले ऊर्जामन्त्री खड्काको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा मन्त्रालयबिच सहकार्य गरेर काम अघि बढाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण