जगातीमा फुटबल रङ्गशाला बनाउन जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढ्यो
बुधबार, ११ भदौ २०८२, २० : १४
सारांश
- भक्तपुरको सूर्यविनायक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला बनाउन जग्गा प्राप्तिको प्रक्रिया थालेको छ।
- नगर कार्यपालिका बैठकले उक्त निर्णय भदौ ३ गते गरेको थियो।
- रङ्गशाला निर्माणका लागि २ सय रोपनी भन्दा बढी जग्गा प्राप्त हुनेछ।
काठमाडौँ । भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रक्रिया अगाडि बढाएको छ । भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
सो जग्गा प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका सम्बन्धमा नगरपालिकालाई पत्राचार गरेको थियो । निर्णय कार्यान्वयन भएपछि रङ्गशाला निर्माणका लागि २ सय रोपनी भन्दा बढी जग्गा प्राप्त हुनेछ ।
जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण