भदौ २१ देखि माओवादीको जागरण अभियान, प्रचण्डले नै नेतृत्व गर्ने
सारांश
- माओवादी केन्द्रले भदौ २१ गतेदेखि ‘जनतासँग माओवादी’ अभियान पुनः सञ्चालन गर्ने भएको छ।
- अभियानको नेतृत्व पार्टी अध्यक्ष प्रचण्डले गर्ने र वरिष्ठ नेताहरू पनि सहभागी हुनेछन्।
- लमजुङबाट सुरु हुने अभियान भदौ २५ गते काठमाडौंमा समापन हुनेछ, र बाँकी जिल्लाको कार्यक्रम पछि तय हुनेछ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत बाँकी रहेका जिल्लाहरूमा भदौ २१ गतेदेखि पुनः अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नै गर्नेछन् । यस्तै टोलीमा वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी रहने पार्टीले जनाएको छ ।
गत साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले उक्त अभियानका बाँकी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार कार्यान्वयन गर्न बुधबार केन्द्रीय कार्यालयले भदौ २१ देखि २५ गतेसम्मको कार्यतालिका निर्धारण गरेको एक नेताले जानकारी दिए । यसअघि नै माओवादीले विभिन्न जिल्लामा अभियान सकिसकेपनि विभिन्न कारणले केही जिल्लामा भने बाँकी थियो ।
जसअनुसार अभियान भदौ २१ गते साँझ लमजुङमा बास बसेर सुरु हुनेछ। भदौ २२ गते दिनभर लमजुङ खण्डमा कार्यक्रम आयोजना गरी बेलुका गोरखामा बास बस्ने कार्यक्रम रहेको छ ।
यसैगरी भदौ २३ गते गोरखा खण्डमा कार्यक्रम सकेर धादिङ, २४ गते धादिङ खण्डमा कार्यक्रम गरी नुवाकोट बास बस्ने र २५ गते नुवाकोट खण्डमा कार्यक्रम आयोजना गरी बेलुका काठमाडौँ फर्कने कार्यतालिका रहेको छ । बाँकी रहेका जिल्लाहरूको कार्यक्रम भने पछि तय गरिने माओवादी केन्द्रले जनाएको छ ।
पार्टीले प्रत्येक जिल्लामा एक/एक सार्वजनिक संवाद र एक/एक आन्तरिक सङ्गठनात्मक तथा प्रशिक्षणमूलक कार्यक्रम आयोजना गरिने बताएको छ ।
सार्वजनिक कार्यक्रमहरू आयोजना गर्दा मौसमलाई समेत ध्यानमा राखी ठुला हलहरूको व्यवस्था गर्न तथा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागितालाई जोड दिन निर्देशन दिइएको ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण