ललितपुरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
बिहीबार, १२ भदौ २०८२, १२ : ०५
सारांश
- ललितपुरको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा ३८ वर्षीय दीपक विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
- प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१ दमाइटारस्थित सडकमा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका-२ बस्ने ३८ वर्षीय दीपक विष्टको मृत्यु भएको हो ।
विष्ट सवार बागमती प्रदेश ०२-०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण