भारतीय सेनाबाट पाएको सहयोग पैठारी गर्दा भन्सार छुट
बिहीबार, १२ भदौ २०८२, १२ : १०
सारांश
- नेपाल सरकारले भारतीय सेनाबाट प्राप्त हुने सहयोगमा भन्सार छुट दिने निर्णय गरेको छ।
- आर्थिक ऐन, २०८१ अनुसार, मेडिकल उपकरण र ड्रोन लगायतका सामग्रीमा पूर्ण छुट दिइनेछ।
- छुट अन्तर्गत, १० करोड ३७ लाख ८४ हजार ३८४ भारतीय रुपैयाँ बराबरको सामग्री आयात हुनेछ।
काठमाडौँ । सरकारले नेपाली सेनाले भारतीय सेनाबाट प्राप्त गर्ने सहयोगलाई भन्सार छुट दिने भएको छ । नेपाल सरकारले आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) बमोजिम भारतीय सेनाबाट नेपाली सेनालाई निःशुल्क अनुदानमा प्राप्त मेडिकल उपकरण र ड्रोनसहित कुल भारतीय रुपैयाँ १० करोड ३७ लाख ८४ हजार ३८४ मूल्य बराबरको सामग्री पैठारी गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल, दस्तुर, शुल्क तथा करमा पूर्ण छुट दिने निर्णय गरेको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार प्राप्त सामग्रीहरूमा मेडिकल उपकरण भारतीय रुपैयाँ ५ करोड २३ लाख ५ सय र ड्रोन भारतीय रुपैयाँ ५ करोड १४ लाख ८३ हजार ८८४ बराबरका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण