रुस–युक्रेन युद्धलाई ट्रम्पका व्यापार सल्लाहकारले भने– ‘मोदीको युद्ध’
सारांश
- अमेरिकी व्यापार सल्लाहकार पिटर नभारोले भारतले युक्रेनमा रुसको युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।
- नभारोले भारतले रुसी तेल खरिद बन्द नगरेको र यसले रुसलाई युद्धको लागि आर्थिक सहयोग पुर्याएको बताए।
- उनले मोदीको युद्धलाई आर्थिक सहयोग गर्दा अमेरिकी जनताले हार्ने र शान्तिको बाटो भारतको युद्धबाट हुने चिन्ता व्यक्त गरे।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले युक्रेनमा रुसको युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन् । यस युद्धलाई उनले ‘मोदीको युद्ध’ समेत भने ।
‘यदि भारतले रुसी तेल किन्न बन्द गर्याे भने, भोलि २५ प्रतिशत छुट पाउन सक्छ’ नभारोले बुधबार ब्लूमबर्ग टेलिभिजनमा भने । ‘मोदी एक महान् नेता हुन्, भारत एक परिपक्व लोकतन्त्र हो, तर अझै पनि उनी हामीलाई सिधा हेरेर भन्छन् कि उनीहरूकहाँ संसारमा सबैभन्दा उच्च कर छैन, जबकि वास्तवमा छ ।’ अझ अगाडि उनले भनेका छन् । अमेरिकाले रुससँग तेल किन्न बन्द गर्न अनुरोध गर्दा भारतले उल्टै रुसी तेल खरिद बन्द नगर्ने भनेको पनि उनले बताए ।
‘यसको अर्थ के हो ? रुसले त्यो पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्छ, धेरै युक्रेनीहरूलाई मार्छ, त्यसपछि युक्रेन हाम्रो र युरोपको अगाडि आउँछ र भन्छ कि हामीलाई थप पैसा दिनुहोस्,’ ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नभारोले भने ।
यसरी मोदीको युद्धलाई आर्थिक सहयोग गर्दागर्दै अमेरिकी जनताले हार्ने उनको चिन्ता थियो । ‘जब भारतले रुसबाट सस्तो तेल खरिद गर्छ अनि त्यसपछि भारतीय रिफाइनरीहरूले रुसी रिफाइनरीहरूसँग मिलेर विश्वका बाँकी देशहरूलाई उच्च मूल्यमा सो तेल बेच्छ, तब प्रत्येक अमेरिकीले हार खान्छ,’ नाभारोले भने । शान्तिको बाटो कम्तीमा आंशिक रूपमा भारतको युद्धबाट हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण