मधेसका पूर्वप्रदेश प्रमुख झालाई थुनामा पठाउने जिल्लाकाे आदेश उच्च अदालतद्वारा सदर
बिहीबार, १२ भदौ २०८२, २० : ०६
काठमाडौँ । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले बिहीबार थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
यसअघि १४ साउनमा जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको आदेश चित्त नबुझेपछि उनी गत भदौ ४ गते उच्च अदालत पाटन गएका थिए ।
उनी विरुद्ध एक महिलालाई ०८१ जेठ ४ गते आफ्नै डेरामा लगेर बलात्कार गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण