परम्परा तोड्दै देवी खत्रीले गरिन् आफ्नै सासूको अन्त्येष्टि
काभ्रे । बनेपा–११ की स्वास्थ्य स्वयंसेविका देवी खत्री परम्परागत सामाजिक नियमलाई चुनौती दिँदै आफ्नी सासूको मृत्यु पश्चात् दागबत्ती दिई किरिया बसेकी छन् ।
नेपाली समाजमा सामान्यतया छोराछोरी वा नजिकका पुरुष सदस्यले मात्र किरिया बस्ने प्रचलन रहेपनि देवीले आफ्नी सासू पदमकुमारी खत्रीको अन्तिम संस्कारमा सक्रिय सहभागिता जनाउँदै दागबत्ती दिएकी हुन् ।
पदमकुमारी खत्रीको ७६ वर्षको उमेरमा केही दिनअघि निधन भएको थियो। उनका छोरा हरिकृष्ण खत्रीको २५ वर्षअघि नै निधन भइसकेको थियो । श्रीमानको मृत्युपछि पनि परिवार र समाजप्रति जिम्मेवारी निर्वाह गर्दै आएकी देवीको यस कदमलाई स्थानीय समुदायले सराहनीय मानिएको छ ।
यसअघि बनेपा उपप्रमुख विमला सापकोटा दाहाल र पनौती–१ का स्व. हरिप्रसाद सापकोटाकी छोरीहरूले पनि किरिया बस्ने निर्णय गरेर समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेका थिए ।
आज उपप्रमुख सापकोटाले देवी खत्रीलाई भेटी नगद सहयोग प्रदान गर्दै उनको कदमलाई ऐतिहासिक भन्दै आवश्यक परे थप सहयोग गर्ने आश्वासन दिइन् ।
सहयोग हस्तान्तरण तथा भेटघाट कार्यक्रममा बनेपा–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा–११ का अध्यक्ष शिवकुमार थापा लगायतका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण