सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गस्ती, तीन पाकिस्तानी आतङ्कवादी लुकेको दाबी
विराटनगर । भारतीय सीमा सुरक्षा टोलीले तीन पाकिस्तानी आतङ्ककारीहरू हसनैन अली, आदिल हुसेन र मोहम्मद उस्मान नेपाल हुँदै बिहार प्रवेश गरिरहेको सूचनालाई आधार मानेर सीमा क्षेत्रमा गस्ती बढाएको छ ।
५६ औँ वाहिनी मुख्यालय एस.एस.बी. बथनाहा र सबै बाहिरी सीमा चौकीहरूको क्षेत्राधिकारमा प्राप्त जानकारीको आधारमा सशस्त्र सीमा बल र बिहार प्रहरी र डग स्क्वाड टोलीसँगको सहकार्यमा बजार र सीमा क्षेत्रमा संयुक्त गस्ती र सघन जाँच गरेको हो ।
गस्तीको क्रममा, स्थानीयलाई आतङ्कवादीको बारेमा सचेत गराइएको जनाइएको छ । उनीहरूलाई सतर्क रहन सल्लाह दिइएको भारतीय पक्षले जनाएको छ ।
यसका साथै, मुख्य सडक, पसल र वरपरका क्षेत्रहरूमा तीन व्यक्तिको पोस्टर पनि टाँसिएको छ । संयुक्त गस्तीमा एसएसबीका अधिकारीहरू, मातहतका अधिकारीहरू र अन्य बलका कर्मचारीहरू र बिहार प्रहरीका अधिकारीहरू र अन्य कर्मचारीहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण