नास्सर अस्पतालमा इजरायलद्वारा चार पटक आक्रमण भएको पुष्टि
सारांश
- दक्षिण गाजामा इजरायली आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको पुष्टि भयो।
- उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भयो, जसमा पाँच पत्रकार पनि थिए।
- पहिलो प्रहारमा रोयटरका पत्रकार हुस्साम अल-मास्रीको मृत्यु भयो।
गाजा । दक्षिण गाजामा सोमबार भएको इजरायलको घातक आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको बीबीसी भेरिफाईले नयाँ भिडियो विश्लेषणमार्फत पुष्टि गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएको उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ, जसमा पाँच पत्रकार पनि थिए। प्रारम्भिक प्रतिवेदनअनुसार अस्पताल दुई पटक मात्र आक्रमणमा परेको उल्लेख भए पनि नयाँ प्रमाणले चार पटक आक्रमण भएको देखाएको हो।
बीबीसी भेरिफाई र विज्ञहरूको विश्लेषणअनुसार पहिलो चरणमै दुई फरक भर्याङमा एकैसाथ प्रहार भएको थियो भने पछिल्लो आक्रमण भने दुई पटक अलग–अलग विस्फोट भएको पाइएको छ।
स्थानीय समयमा बिहान १०:०८ बजे पूर्वी भर्याङमा भएको पहिलो प्रहारमा रोयटरका लागि प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार हुस्साम अल–मास्रीको मृत्यु भएको पुष्टि भएको छ। साथै, उत्तरी भागको अर्को भर्याङ पनि प्रहारमा परेको नयाँ फुटेजले देखाएको छ।
आपतकालीन उद्धारकर्मीका अनुसार अस्पतालको अपरेटिङ विभागसमेत प्रभावित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण