फ्राइडे रिलिज : देशभर नाजिरको ‘गुन्यु चोलो’
सारांश
- शुक्रबारबाट अभिनेता नाजिर हुसेन अभिनीत फिल्म 'गुन्यु चोलो : द ड्रेस' प्रदर्शनमा आएको छ।
- फिल्मले देशभर सोलो रिलिज अवसर पाएको छ, तर सबै हलमा प्रदर्शन भएको छैन।
- फिल्ममा नाजिर हुसेनले पारालैंगिक महिलाको भूमिका निर्वाह गरेका छन् र यसको निर्देशन समुन्द्र भट्टले गरेकी हुन्।
काठमाडौँ । आज शुक्रबारबाट अभिनेता नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले देशभर सोलो रिलिज अवसर पाएको हो ।
यद्यपि, फिल्मले देशभरका सबै हलमा पाएको छैन । किनभने बिहीबारबाट प्रदर्शनमा आएको ‘कोसेढुंगा’ र अघिल्लो साता प्रदर्शनमा आएको ‘माग्ने राजा’ र ‘जनै हराएको मानिस’ ले अझै धेरै हल कब्जा जमाएको छ ।
‘गुन्यु चोलो : द ड्रेस’ मा अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका अभिनय गरेका छन् । फिल्ममा नाजिरका अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।
‘गुन्यु चोलो’ लाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । फिल्मको पोष्ट प्रोडक्सन हलिउडमा भएको हो । नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा सो फिल्म बनेको हो । फिल्ममा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण