हैजा सङ्क्रमित बिरामीहरूसँग भेट्न नारायणी अस्पताल पुगे महामन्त्री थापा
शुक्रबार, १३ भदौ २०८२, ११ : ५६
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नारायणी अस्पतालमा हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट गरे।
- उनले बिरामीहरूलाई सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राहत प्याकेज घोषणा गर्न आग्रह गरे।
- थापाले अस्पताललाई ५ सय शय्यामा स्तरोन्नति गर्न पहल गर्ने र हैजाको खोप उपलब्ध गराउने आश्वासन दिए।
वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नारायणी अस्पतालमा हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट गरेका छन् । पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले शुक्रबार बिहान नारायणी अस्पतालको अनुगमनसमेत गरेका हुन ।
भेटघाटका क्रममा महामन्त्री थापाले बिरामीहरूलाई सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता दिएका छन् । अस्पतालको इमरजेन्सी वार्डमा उपचाररत बिरामीहरूसँग भेटघाट गर्दै सरकारले तत्काल राहत प्याकेज घोषणा गर्न जरुरी रहेको औँल्याएका छन् ।
यसका साथै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हैजाको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएको अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले बताए । उनका अनुसार थापाले अस्पतालमा ५ सय शय्यामा स्तरोन्नति गर्नका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
पर्सामा जिल्लामा शुक्रबारसम्म १५२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण