मधेस प्रदेशसभा बैठक आज, अवरुद्ध गर्ने प्रतिपक्षीको चेतावनी
शुक्रबार, १३ भदौ २०८२, १२ : ०४
सारांश
- मधेस प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ, जसमा प्रदेश प्रमुखको पत्र पढिनेछ र दलका प्रतिनिधिहरूको शुभकामना मन्तव्य हुनेछ।
- बिहीबारदेखि सुरु भएको छैटौँ अधिवेशन पहिलो दिनमै अवरुद्ध भयो, प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामाको माग गरे।
- अर्थमन्त्री सुनिल यादवले बजेट योजना लुकाएको आरोप लगाउँदै जसपा नेपालका प्रमुख सचेतकले राजीनामा नआएसम्म सदन चल्न नदिने बताए।
जनकपुर । मधेस प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र पढ्ने र दलका प्रतिनिधिहरूको शुभकामना मन्तव्यसमेत कार्यसूचीमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
तर, बिहीबारदेखि सुरु भएको छैटौँ अधिवेशन पहिलो दिनमै अवरुद्ध भएको थियो। प्रतिपक्षी दलहरूले अर्थमन्त्री सुनिल यादवले २९४ पेजको योजना लुकाएर बजेट पारित गरेको आरोप लगाउँदै राजीनामाको माग गरेका छन्।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान दोहोर्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण