फोहोरमैला व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र ६ स्थानीय तहबिच साझेदारी
सारांश
- कोशी प्रदेश सरकार र मोरङ र इलामका स्थानीय तहबीच फोहोरमैला व्यवस्थापनका लागि सम्झौता भएको छ।
- सम्झौताले फोहोरमैला व्यवस्थापन केन्द्र र ल्यान्डफिल साइट निर्माण गर्ने अवधारणालाई अगाडि बढाएको छ।
- यस परियोजनाको लागि स्विस कन्ट्याक्ट परियोजना (पिएसपी)ले सहयोग गर्नेछ।
विराटनगर । दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रदेश सरकार र मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबिच सम्झौता भएको छ ।
कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर र रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबिच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले पनि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
मोरङका चार पालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र रंगेलीमा हुनेछ भने इलामका दुई पालिकाको केन्द्र सूर्योदय रहने जनाएको छ । यो साझेदारीले प्रदेशलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने लक्ष्य लिएको छ ।
नेपालको संविधानको धारा ५७ ले स्थानीय तहलाई दिएको सरसफाइ सम्बन्धी अधिकारको प्रत्याभूत गर्दै कोशी प्रदेशको फोहोरमैला व्यवस्थापन नीति तथा कार्यक्रम २०७७ बमोजिम दिगो र आधुनिक फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना गर्नु यस साझेदारीको मुख्य उद्देश्य हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले यस परियोजनाको मुख्य कार्यान्वयनकर्ताको रूपमा भूमिका खेल्नेछ । मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) वातावरणीय प्रभाव मूल्याङ्कन, बजेट व्यवस्थापन, प्राविधिक सहयोग र आवश्यक पूर्वाधार विकासमा सहयोग पुर्याउने छ ।
साझेदारीमा रहेका मोरङको रङ्गेली, सुनवर्षी, कानेपोखरी र धनपालथान गाउँपालिकाले परियोजनाको रणनीतिक साझेदारको रूपमा काम गर्नेछन् । यस्तै इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकासँग पनि मन्त्रालयले समझदारी गरेको छ । पालिकाले परियोजनाको स्थानीय कार्यान्वयन, जग्गा व्यवस्थापन (ल्यान्डफिल साइटको लागि), जनचेतना अभिवृद्धि, फोहोरको पृथकीकरण, सङ्कलन तथा प्राथमिक प्रशोधनमा सहयोग गर्नेछन् ।
परियोजनाको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि प्रत्येक सहभागी स्थानीय तहका प्रतिनिधि सम्मिलित एक संयुक्त कार्य समिति गठन गरिनेछ । यस समितिले परियोजना कार्यान्वयनको प्रगति समीक्षा गर्ने, समस्या समाधान गर्ने र परियोजनाको सहजीकरण गर्नेछ ।यस साझेदारीले चारवटै स्थानीय तहको फोहोर व्यवस्थापनका लागि एक एकीकृत फोहोरमैला प्रशोधन केन्द्र र ल्यान्डफिल साइट निर्माण गर्ने अवधारणालाई अगाडि बढाएको छ । यसबाट फोहोरलाई पुनः प्रयोग, प्रशोधन र व्यवस्थापन गरी वातावरणमैत्री बनाउन मद्दत पुग्नेछ ।
यो समझदारीपत्रले प्रदेशको समग्र सरसफाइ र वातावरणीय स्वच्छताका लागि दीर्घकालीन योजनाको आधार तयार गरेको छ । यसले फोहोरमैलालाई व्यवस्थित रूपमा सङ्कलन, प्रशोधन र विसर्जन गर्ने प्रणालीको विकास गरी स्वच्छ र स्वस्थ जीवनशैली प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस साझेदारीले कोशी प्रदेशमा फोहोरमैला व्यवस्थापनको चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्ने भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बताए । जसले प्रदेशको विकास र वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताए । समझदारी पत्रमा मन्त्रालयको तर्फबाट निमित्त सचिव रमेश श्रेष्ठले र रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, धनपालनाथ गाउँपालिकाका अध्यक्ष जिबछ गच्छदार तथा कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्नामले हस्ताक्षर गरेकी छिन् । यस्तै इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले हस्ताक्षर गरेकी छिन् ।
यो परियोजना समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सुरु हुने जनाइएको छ । जसका लागि पहिलो चरणमा डिपिआर बन्ने र सोही आधारमा परियोजना निर्माण सुरु हुने जनाइएको छ । परियोजना निर्माणको लागि स्विस कन्ट्याक्ट परियोजना (पिएसपी)ले सहयोग गर्नेछ ।
प्रदेश सरकारले डिपिआरको लागत मूल्य अनुसार एउटा फोहोर मैला व्यवस्थापन केन्द्रका लागि बढीमा ५ करोड, स्विस कन्ट्याक्टले २ करोड रुपैयाँ लगानी गर्ने र बाँकी व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने मन्त्रालयका निमित्त सचिव रमेश श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण