एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ
सारांश
- सुनसरीमा आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जना पक्राउ परेका छन्।
- प्रहरीले उक्त अवधिमा ठूलो मात्रामा गाँजा, ब्राउन सुगर र विभिन्न ट्याब्लेट बरामद गरेको छ।
- पक्राउ पर्नेमा अधिकांश युवा छन् र प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
सुनसरी। सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६५० पुरुष र ४५ महिला रहेका छन् । सोही अवधिमा लागुऔषधसम्बन्धी ४६० मुद्दा दर्ता भएका छन् । प्रहरीले उक्त अवधिमा १४ हजार ५०१ केजी गाँजा, ७३८ ग्राम ४२८ मिलिग्राम ब्राउन सुगर, तथा चार लाख २८ हजार २९७ थान विभिन्न किसिमका ट्याब्लेट र क्याप्सुल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार चालु आव २०८२/८३ को साउन महिनामा मात्रै लागुऔषधसम्बन्धी ६६ मुद्दा दर्ता भएकामा १०३ पुरुष र आठ महिलालाई पक्राउ गरिएको छ । यस अवधिमा दुई हजार ३३१ केजी लागुऔषध गाँजा र ४२९ ग्राम ८९५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए ।
प्रवक्ता खतिवडाका अनुसार पक्राउपर्नेमा अधिकांश युवा रहेका छन् । अघिल्लो आव २०८०/८१ मा २४१ मुद्दामा ३७६ पुरुष र ३३ महिला गरी ४०९ जना पक्राउ परेका थिए । पछिल्ला तथ्याङ्कले लागुऔषध कारोबारमा संलग्न हुने सङ्ख्या बर्सेनि बढिरहेको देखाएको छ ।
प्रहरीका अनुसार लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न हुनेमा प्रायः ज्याला मजदुरी गर्ने तथा बेरोजगार युवा बढी छन् । उमेर समूहअनुसार १९ देखि ३५ वर्ष उमेरका युवाको संलग्नता सबैभन्दा बढी देखिएको छ । अघिल्ला तीन आवमा यसै समूहका ९२० जना पक्राउ परेका थिए भने १८ वर्षभन्दा कम उमेरका २७ जना, ३५ देखि ५० उमेर समूहका २२८ जना र ५० वर्षमाथिका ४० जना पक्राउ परेका थिए ।
प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले युवालाई लक्षित गरी विद्यालय, समुदाय र सार्वजनिक स्थलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
धरान उपमहानगरपालिकाले पनि लागुऔषधविरुद्ध प्रत्येक शुक्रबार सचेतना अभियान सञ्चालन गर्दै आएको छ । नगरप्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण