मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
फोटो

बालेनको उपस्थितिमा मनाइयो महानगर प्रहरी दिवस, तस्बिरहरू

शनिबार, १४ भदौ २०८२, ११ : ४४
शनिबार, १४ भदौ २०८२

सारांश

  • काठमाडौं महानगर प्रहरी बलले राष्ट्रिय सभा गृहमा ३३औँ महानगर प्रहरी दिवस मनायो।
  • कार्यक्रममा मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायतको उपस्थिति थियो।
  • उत्कृष्ट कार्य गर्ने प्रहरीलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरियो।

काठमाडौँ ।  काठमाडौँ महानगर प्रहरी बलले शनिबार राष्ट्रिय सभा गृहमा ३३ औँ महानगर प्रहरी दिवस मनाएको छ । 

कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख बालेन साहसहित उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको  महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

दिवसको उपलक्ष्यमा आर्थिक वर्ष ०८१/८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धि लगायतका पुरस्कार प्रदान गरिएको छ । 

काठमाडौँ महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनु अघि २०५० साल भाद्र १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।

metro police (1)metro police (2)metro police (3)metro police (4)metro police (5)metro police (6)metro police (7)metro police (8)metro police (9)metro police (10)metro police (11)metro police (12)metro police (13)metro police (14)metro police (15)metro police (16)metro police (17)metro police (18)metro police (19)metro police (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप