बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

चिलिमे जलविद्युत् केन्द्र बन्द

शनिबार, १४ भदौ २०८२, १२ : ११
शनिबार, १४ भदौ २०८२

सारांश

  • राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द भयो।
  • कालिका गाउँपालिका-१ ग्राङ आसपासमा समस्या आएको हो।
  • टावर मर्मतका लागि प्राविधिक टोली काठमाडौंबाट रसुवा प्रस्थान गरिसकेको छ।

रसुवा । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि  चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।
            
कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । 

चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप