राष्ट्रपति ट्रम्पको आदेशमा ५३२ सरकारी पद खारेज
सारांश
- अमेरिकी एजेन्सी फर ग्लोबल मिडियाले राष्ट्रपति ट्रम्पको निर्देशनमा ५३२ सरकारी पद खारेज गरेको छ।
- एजेन्सीले सरकारी संरचना घटाउने, कार्यप्रणालीलाई दक्ष बनाउने र करदाताको पैसा बचत गर्ने जनाएको छ।
- एजेन्सीले साँचो समाचार प्रसारणलाई निरन्तरता दिने र अमेरिकाको आवाज आवश्यक परेका ठाउँमा पुर्याउने बताएको छ।
काठमाडौं । अमेरिकी एजेन्सी फर ग्लोबल मिडियाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ५३२ सरकारी पद खारेज गरेको छ ।
एजेन्सीकी वरिष्ठ सल्लाहकार क्यारी लेकले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत पद खारेजीबारे जानकारी दिएकी हुन् । उनका अनुसार यो कदमले सरकारी संरचना घटाउने, कार्यप्रणालीलाई दक्ष बनाउन र करदाताको पैसा बचत गर्न सहयोग पुर्याउनेछ ।
विज्ञप्तिमा भनिएको छ, “कर्मचारी हटाएपनि पनि एजेन्सीको मूल उद्देश्य प्रभावित हुने छैन । साँचो समाचार अझै पनि विश्वका ती क्षेत्रहरूमा पुगिरहनेछ जहाँ मानिसहरू तानाशाही वा दमनकारी शासन अन्तर्गत छन्।”
लेकले एजेन्सीलाई सुधार गर्ने कार्य जारी रहने उल्लेख गर्दै भनिन्, “म यस भत्केको एजेन्सीको कार्यप्रणालीलाई सुधार गर्न आगामी महिनाहरूमा थप कदम चाल्ने अपेक्षा राख्छु, ताकि अमेरिकाको आवाज ती भागहरूमा पुग्न सकोस् जहाँ यसको सबैभन्दा बढी आवश्यकता छ।”
एजेन्सी फर ग्लोबल मिडिया अमेरिकाको सरकारी सञ्चार संस्थामध्ये एक हो, जसले भ्वाइस अफ अमेरिका लगायतका मिडियामार्फत विश्वभर समाचार तथा सूचनाको प्रसारण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण