कप्तान रोहित पौडेलको शतकमा नेपालको जित, लामो समयपछि कप्तानको उत्कृष्ट पारी
काठमाडौँ । कप्तान रोहितकुमार पौडेलको शतकमा नेपालले अभ्यास खेलमा साउथ अस्ट्रेलियामाथि जित हात पारेको छ ।
शनिबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो । साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले १९ ओभर १ बलमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका कप्तान रोहितले अविजित १०१ रन बनाए । नेपालका लागि सोमपाल कामीले अविजित ३८ रनमाको योगदान गरे । त्यस्तै गुल्शनकुमार झाले ३६ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन बनाएको थियो ।
साउथ अस्ट्रेलियाका ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए । त्यस्तै दुवित हुगानबोजम ५३ बनाउदा रायन किङ ३५ रनको योगदान गरे ।
नेपालका नन्दन यादव र सोमपाल कामीले समान तीन तीन विकेट लिए । सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहको नाममा समान १ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण