एससीओमा नेपाललाई सदस्यता दिलाउन चीनसमक्ष ओलीको आग्रह
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच तियानजिनमा भेटवार्ता भयो, जसमा नेपाल-चीन सम्बन्धबारे छलफल भयो।
- भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेकबारे भारत र चीनबीचको समझदारीप्रति आपत्ति जनाए, र चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो।
- ओलीले एससीओमा नेपालको सदस्यताका लागि चीनको समर्थन मागे र बीआरआई परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन जोड दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा जनवादी चीनका राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा छलफल भएको र दुवै देशले पारस्परिक हितका सहयोगलाई आगामी दिनमा अझै अगाडि बढाउने प्रतिबद्धता जनाएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले दिँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेकाले समस्यामुक्त रहेको उल्लेख गरेको जनाएको छ ।
आगामी साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाललाई एससीओमा सदस्यता दिलाउन चीनको समर्थनका लागि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत अघि बढाइएका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तन अनुकूलन र जनता–जनता सम्बन्धमा सहयोगका लागि अनुरोध गरेका दूतावासले जनाएको छ ।
लिपुलेक सम्झौतामा आपत्ति
साथै भारत र चीनबिच हालै भएको लिपुलेक हुँदै सीमा व्यापार गर्ने समझदारीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओली सो क्षेत्र नेपालको अभिन्न भू-भाग भएको स्पष्ट पारे ।
राष्ट्रपति सी ले नेपाललाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न सहयोग गर्न चीन तत्पर रहेको बताए । उनले संयुक्त राष्ट्रसंघ र एससीयो जस्ता बहुपक्षीय मञ्चमा समेत चीनले नेपालसँग सहकार्य गर्ने आश्वासन दिएको दूतावासले जनाएको छ । चीनका राष्ट्रपतिले ‘एक चीन नीति’ को दृढ समर्थन गरेकोमा नेपाललाई धन्यवाद दिँदै, उच्च गुणस्तरका बीआरआई परियोजनाहरूको कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने पुनः प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डल शनिबार दिउँसो तियानजिन पुगेका थिए ।
प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनको अवसरमा अन्य विश्व नेताहरूसँग भेटवार्ता गर्नेछन् । भोलि उनी चीनका राष्ट्रपति सीले आयोजना गर्ने स्वागत भोजमा सहभागी हुने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण