समाज डेन्टल हस्पिटलको ११ औँ शाखा गोल्फुटारमा
काठमाडौँ । समाज डेन्टल हस्पिटलको ११ औँ शाखा गोल्फुटारमा खुलेको छ ।
‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २५ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ११ औँ शाखाले आजदेखि गोल्फुटारमा आफ्नो सेवा सुरु गरेको हो ।
शनिवार उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०% छुट गरिएको हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए । प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धी जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामान्य शुल्कमा आधुनिक उपकरणहरू प्रयोग गरी एउटै छानामुनि विशेषज्ञ चिकित्सक द्वारा गुणस्तरीय उपचार प्रदान गर्न उद्देश्य सहित गोल्फुटारमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।
गोल्फुटारमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।
समाज डेण्टल हस्पिटलले विगत २५ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला , बसुन्धरा , बौद्ध जोरपाटी ,सितापाईला , कौसल्टार, इमाडोल र बनेपा काभ्रेमा संचालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण