लिपुलेकबारे चिनियाँ विदेश मन्त्रालय मौन
सारांश
- प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीचको भेटवार्तामा लिपुलेकको विषय उठेको थियो।
- प्रधानमन्त्री ओलीले लिपुलेक सम्झौतामा चीन समक्ष आपत्ति जनाएका थिए।
- चिनियाँ विदेश मन्त्रालयले प्रेस नोटमा लिपुलेकको बारेमा केही उल्लेख गरेको छैन।
काठमाडौँ । चिनियाँ विदेश मन्त्रालय लिपुलेकको बारेमा मौन बसेको छ । चीन भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका राष्ट्रपति सी चिनफिङबिच भएको भेटवार्तामा लिपुलेकेको कुरा उठेको थियो ।
भारत र चीन लिपुलेकलाई लिएर भएको सम्झौता प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी समक्ष आपत्ति जनाएका थिए ।
लिपुलेकलाई लिएर राष्ट्रपति सी समक्ष प्रधानमन्त्री ओलीले कडा आपत्ति जनाएको कुरा परराष्ट्र मन्त्रालय पनि विज्ञप्तिमार्फत जनाएको छ । तर चीनका विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा लिपुलेकको बारेमा कुनै कुरा उल्लेख छैन ।
बरु चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘नेपाल एक–चीन सिद्धान्तप्रति दृढतापूर्वक प्रतिबद्ध छ, “ताइवान स्वतन्त्रता“ को दृढतापूर्वक विरोध गर्दछ, र कुनै पनि शक्तिलाई चीनको हितलाई कमजोर पार्न आफ्नो क्षेत्र प्रयोग गर्न दिँदैन ।’
यहाँसम्म कि नेपालले चीनद्वारा प्रस्तावित विश्वव्यापी विकास, विश्वव्यापी सुरक्षा, र विश्वव्यापी सभ्यता पहललाई समर्थन गरेको विदेश मन्त्रालयले जनाएको छ । शांघाई सहयोग संगठनको भूमिकालाई नेपाले महत्त्व दिएको उल्लेख गर्दै मन्त्रालयले “शाङ्घाई भावना’’ लाई सक्रिय रूपमा समर्थन गर्ने गरेको उल्लेख गरेको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटघाटमा राष्ट्रपति सीले भने, ‘‘दुवै पक्षले आपसी रणनीतिक विश्वास बढाउनु पर्छ र हाम्रो मुख्य हित र प्रमुख चासोहरूसँग सम्बन्धित मुद्दाहरूमा एकअर्कालाई दृढतापूर्वक समर्थन गर्नु पर्छ । हामीले पारस्परिक रूपमा लाभदायक सहयोगलाई अझ बलियो बनाउनु पर्छ र संयुक्त रूपमा बीआरआइ सहयोगलाई अगाडि बढाउनु पर्छ, र बन्दरगाह, सडक, पावर ग्रिड, उड्डयन र दूरसञ्चारमार्फत सम्पर्कलाई बलियो बनाउनु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण