प्रधानमन्त्री ओलीले गरे चाउ सङ्ग्रहालयको अवलोकन
आइतबार, १५ भदौ २०८२, १० : ३१
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरे।
- भ्रमणको दोस्रो दिन ओलीले सङ्ग्रहालयको अवलोकन गर्नुभयो, चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन्।
- प्रधानमन्त्री ओलीले शनिबार चीन प्रस्थान गरी राष्ट्रपति सी चिनफिङसँग लिपुलेक मार्गबारे छलफल गर्नुभयो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।
चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् । त्यसअघि ओलीले चीनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार चीन प्रस्थान गरेका थिए । भ्रमणको पहिलो दिन उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै नेपाली भूमि लिपुलेक मार्गमा चीन र भारतले गरेको व्यापार सम्झौताप्रति आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण