अपडेट
फेरि ३ हजार बढ्यो सुनको मूल्य, २ लाख ३ हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड
आइतबार, १५ भदौ २०८२, १० : ४५
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ४२५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण