एकल नारीको कथामा आधारित टेलिसिरियल ‘हिरा’ निर्माण
सारांश
- टेलिसिरियल ‘हिरा’ एकल नारीको कथामा आधारित छ, जसको ट्रेलर सार्वजनिक भयो र भदौ १९ गतेबाट प्रसारण हुनेछ।
- यो सिरियल एकल महिलाहरूले समाजमा भोग्नुपर्ने परिस्थिति, जातीय भेदभाव र सामाजिक बहिष्कारको कथामा केन्द्रित छ।
- विशाल बरालद्वारा निर्देशित यो सिरियल छत्रेश्वरी म्यानेजमेन्टको च्यानल ‘सिएम डिजिटल’ बाट प्रसारण हुनेछ।
काठमाडौँ । पति वियोगमा परेकी एकल नारीको कथामा टेलिसिरियल ‘हिरा’ निर्माण भएको छ । निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले सिरियलको ट्रेलर सार्वजनिक गर्दै भदौ १९ गतेबाट प्रसारणमा आउने जानकारी दिएको छ ।
एकल नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थिति, समाजमा व्याप्त जातीय भेदभाव, सामाजिक बहिष्कारमा आधारित रहेर पारिवारिक कथामा टेलिसिरियल बनेको ट्रेलरले सङ्केत गर्छ । निर्माण कम्पनीले सिरियललाई ‘कथा घरघरको’ स्लोगन दिएको छ ।
सिरियलका निर्देशक विशाल बराल हुन् । सिरियल छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल ‘सिएम डिजिटल’बाट प्रसारणमा आउने निर्देशक बरालले बताए । विराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् ।
विशाल पहारी, प्रिया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुनः मगर, सिर्जना सिटौला, दिनेश कठायत, गङ्गाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसीको अभिनय सिरियलमा छ ।
मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याक ग्राउण्ड रहेको सिरियल छायाङ्कन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ । स्व.मोती विष्टको प्रस्तुतिमा तयार ‘हिरा’ लाई राजबहादुर सानेले लेखेका हुन् । छायाङ्कनमा रक कौसल रहँदा शीर्ष गीतमा जय देवकोटाको सङ्गीतमा स्वर गायिका समीक्षा अधिकारीले दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण