करेन्ट लागेर सिरहामा दुई जनाको मृत्यु
आइतबार, १५ भदौ २०८२, १३ : ३०
सारांश
- सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ, जसमा एक १५ वर्षीय बालक र एक ४० वर्षीय पुरुष रहेका छन्।
- पहिलो घटनामा, बालकको घरको मोटरबाट करेन्ट लागेर मृत्यु भयो भने दोस्रो घटनामा, पुरुषको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्यो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
सिराहा । सिरहामा शनिबार करेन्टमा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सिरहा नगरपालिका-४ रमौल बस्ने इद महमदको छोरा १५ वर्षीय मो अम्मादको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सिराहाकै लहान नगरपालिका-१९ कटहा बस्ने ४० वर्षीय कमकलाल सदायको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा सिटी रिक्सा चार्ज गरी चार्जर झिक्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण