बारा र पर्साको सुरक्षा अवस्थाप्रति गृहमन्त्रीको चासो : शून्य सहनशीलतामा काम गर्न निर्देशन
सारांश
- गृहमन्त्री रमेश लेखकले पर्सा र बारा जिल्लाको शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे।
- बैठकमा धार्मिक गतिविधि, सीमा अपराध, लागुऔषध कारोबार र राजश्व चुहावटको अवस्थाबारे छलफल भयो।
- गृहमन्त्री लेखकले सुरक्षा प्रमुखहरूलाई शून्य सहनशीलतामा काम गर्न र भारतीय नम्बर प्लेटका सवारी साधनलाई दुःख नदिन निर्देशन दिए।
वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा र बारा जिल्लाको शान्ति सुरक्षासहित समग्र अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले दुई जिल्लाका सुरक्षा समितिसँग जिल्लाको समग्र अवस्थाको बारेमा छलफल गरेका हुन् ।
बैठकमा जिल्लामा हुने धार्मिक गतिविधि, सीमा अपराध, लागुऔषध कारोबार र राजश्व चुहावटको अवस्थाबारे पर्साका प्रजिअ तोयनारायण सुवेदीसहितका सुरक्षा निकायका प्रमुख तथा राजश्व र भन्सारका प्रतिनिधिले गृहमन्त्रीलाई सुरक्षा ब्रिफिङ गरेका थिए ।
गृहमन्त्री लेखकले सबै सुरक्षा प्रमुखहरूलाई शून्य सहनशीलतामा काम गर्न निर्देशन दिएको बैठकमा सहभागी पर्साका एसपी गौतम मिश्रले जानकारी दिए । तीन दिनका लागि वीरगन्ज आइपुगेका गृहमन्त्री लेखकले भारतीय नम्बर प्लेटका सवारी साधनलाई चेकजाँचको बहानामा अनावश्यक दुःख नदिन समेत सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।
बैठकमा सहभागी एसपी मिश्रले भने– ‘गृहमन्त्रीज्यूले सबै कार्यालयका प्रमुखज्यूहरूसँग ब्रिफिङ लिनुभयो, त्यसपछि कडा रूपमा सीमा अपराध, चोरी तस्करी र राजश्व चुहावट रोकथामका लागि निर्देशन दिनुभयो ।’
साथै बारा र पर्सामा धार्मिक सहिष्णुता अपनाएर गम्भीरताका साथ काम गर्न समेत गृहमन्त्री लेखकले निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।
बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय, राजश्व विभागका प्रमुखहरूको सहभागिता थियो । सोमबारसम्म गृहमन्त्री लेखक वीरगन्जमा रहने कार्यतालिका रहेको नेपाली कांग्रेस पर्साले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण