कोटेश्वरको गेष्हाउसबाट १० जना जुवाडे पक्राउ
आइतबार, १५ भदौ २०८२, १७ : २२
सारांश
- प्रहरीले कोटेश्वरको गेस्ट हाउसबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ।
- प्रहरीले जुवा खालबाट नगद ७० हजार र १६ थान कौडा बरामद गरेको छ।
- पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन् र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । कोटेश्वरको गेस्टहाउसबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ– ३२ कोटेश्वरस्थित लालीगुराँस गेस्ट हाउसमा सञ्चालित जुवा खालबाट ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका विकास चेम्जोङ, राजु विश्वकर्मा, सुरेन्द्र चेम्जोङ, सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका दीपेन्द्र राई, पाँचथरका मोतीबहादुर लिम्बु, रामवीर चेम्जोङ, केशव चेम्जोङ, रबिन चेम्जोङ, तनहुँ घर भएका ३७ वर्षीय भानु गुरुङ र पाँचथरका डिल्ली घिमिरे छन् ।
जुवा खालबाट प्रहरीले १६ थान कौडा बरामद गरेको छ । आरोपीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले जुवा सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण