कोटेश्वरबाट १० जना जुवाडे पक्राउ
काठमाडौँ । कोटेश्वरको गेस्टहाउसबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ–३२ कोटेश्वर स्थित लालीगुराँस गेस्टहाउसमा १० जना जुवाडेसहित ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले शनिवार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका विकाश चेम्जोङ, राजु विश्वकर्मा, सुरेन्द्र चेम्जोङ, सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका दिपेन्द्र राई, पाँचथरका मोति बहादुर लिम्बु, राम बीर चेम्जोङ, केशव चेम्जोङ, रबिन चेम्जोङ, तनहुँ घर भएका ३७ वर्षीय भानु गुरुङ र पाँचथरका डिल्ली घिमिरे छन् ।
जुवा खालबाट प्रहरीले १६ थान कौडा समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले जुवा सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण