बागमती प्रदेशसभाः जोखिमपूर्ण सडक र विपद् व्यवस्थापनमा ध्यान दिन सांसदको माग
सारांश
- बागमती प्रदेशसभा बैठकमा सांसदहरूले सडक पूर्वाधार र विपद् व्यवस्थापनमा ध्यान दिन माग गरे।
- सांसदहरूले जीर्ण सडक, कमजोर विपद् व्यवस्थापन र मलको अभावबारे सरकारको ध्यानाकर्षण गराए।
- बैठकमा सांसदहरूले विपद् व्यवस्थापन, बजेट कार्यान्वयन र किसानका समस्या समाधान गर्न जोड दिए।
हेटौँडा । बागमती प्रदेशसभा बैठकमा सडक पूर्वाधार र विपद् व्यवस्थापनमा गम्भीर बन्न सांसदहरूले माग गरेका छन् । उनीहरूले सडक जीर्ण र जोखिमपूर्ण रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने औँल्याएका हुन् ।
प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जीर्ण र जोखिमपूर्ण सडक पूर्वाधार, कमजोर विपद् व्यवस्थापन र किसानले भोग्दै आएको रासायनिक मलको चरम अभावका विषयमा सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
सडक पूर्वाधारहरू अस्तव्यस्त सडकका कारण नागरिकहरू सास्ती व्यहोर्न बाध्य रहेको उनीहरूले बताए । नागरिकहरू जीवन नै जोखिम राखेर यात्रा गर्नुपर्ने बाध्यतामा रहेकाले सरकारे उक्त अवस्था अन्त्य गर्न र सुरक्षित सडक निर्माणमा अग्रसर हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूले नागरिकहरू ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएको भन्दै तत्काल परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन् । बैठकमा सांसदहरूले प्रदेशका अधिकांश सडकहरू जीर्ण, भत्किएका र पहिरोको उच्च जोखिममा रहेको उनीहरूले बताए ।
‘प्रदेश सरकारले तयार गरेका प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको सडक पहिरोको उच्च जोखिममा छ । केही दिनअघि आएको पहिरोले बन्द भएका प्रदेश मार्गहरू अझै खुल्न सकेको छैन,’ उनीहरूले भने, ‘सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लामा हालै भएको वर्षाको कारण सडक पूर्वाधारमा ठुलो क्षति पुगिसेकको छ । त्यसको व्यवस्थापन र पुनर्निर्माणमा सरकारको ध्यान जान जरुरी छ ।’
सांसदहरूका अनुसार गत असोजको विपद्को क्षतिसमेत व्यवस्थापन गर्न सकिएको छैन । नागरिकहरूको समस्यामा सरकार गम्भीर बन्न जरुरी छ । प्रदेश राजधानीको पाँच किलोमिटरको दूरीमा रहेको खहरेको समस्या हल गर्न सकिएको नसकिएको सांसदहरूको गुनासो छ । सामान्य वर्षाले बागझोराको भेलबाढीबाट नागरिकहरूले सास्ती व्यहोर्नुपरेको अवस्था रहेकाले सरकारले त्यसको समाधान खोज्नुपर्नेमा उनीहरूले जोड दिए ।
विपद् व्यवस्थापनमा प्रदेश सरकारको तयारी र कार्यशैलीमाथि पनि सांसदहरूले प्रश्न उठाएका थिए । गत वर्ष असोजमा आएको बाढी–पहिरोले पुर्याएको क्षतिको व्यवस्थापन र पुनर्निर्माण अझै हुन नसकेको भन्दै उनीहरूले पीडित नागरिकको समस्याप्रति सरकार गम्भीर बन्न नसकेको गुनासो गरे ।
प्रदेशसभा सदस्यहरूले विपद् व्यवस्थापनसम्बन्धी कानुनी स्पष्टता सहित, बजेटको प्रभावकारी कार्यान्वयनमा अग्रसर हुनुपर्ने बताए । विपद् व्यवस्थापनमा स्थानीय तहसँग समन्वयको अभाव रहेकाले त्यसमा आवश्यक सुधार जरुरी रहेको उनीहरूले औँल्याए ।
कृषि कर्ममा रहेका कृषकहरूको समस्या हल गर्न नसकिएको उनीहरूले बताए । मलको अभावमा कृषकहरू समस्यामा छन् र प्रयाप्त मात्रामा रसायनिक मल उपलब्ध गराउन नसक्दा कृषकहरू पलायन हुने अवस्थामा पुगेका उनीहरूको भनाइ छ । समयमै मल नपाउँदा उत्पादन घट्ने र लागत बढ्ने दोहोरो मारमा किसानहरू रहेको उनीहरूले बताए ।
उक्त बैठकको शून्य समयमा ९ जना सांसदहरूले धारणा राखेका थिए । बैठकमा शैलेन्द्रमान बज्राचार्य, उद्धव थापा, मातृका प्रसाद भट्टराइ, उत्तम जोशी, भारती पाठक, रत्नप्रसाद ढकाल, सरल सहयात्री, युवराज चौलागाई लगायतले धारणा राखेका थिए ।
त्यसअघि प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठनबारे संसद्लाई जानकारी गराइएको थियो भने कार्यव्यवस्था परामर्श समितिको सदस्य मनोनित गरिएको थियो ।
उक्त बैठकमा प्रदेश मामिला समितले तयार गरेको प्रदेश स्तरीय चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस भएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार (भदौ १६ गते) ११ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण