सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिबद्धता
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ ।
सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजीकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो ।
काठमाडौँको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरू तथा प्रदेश योजना आयोगका सदस्य सहित आइतबार भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सम्मेलनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसका लागि प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाई छ ।
उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक श्रोतको अथाह सम्भावना रहेका छन् । नीतिगत सुधार भयो भने निजी क्षेत्र आफै लगानी गर्न आउँछन् । प्रदेशमा लगानी प्रतिफलको सुनिश्चितता हुने गरी नीतिहरु बन्न आवश्यक छ , पानी र लगानी एउटै प्रकृतिको हुन्छ जता ओरालो रहन्छ उतै बग्ने गर्दछ ।’
सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा जलविद्युत, कृषि उत्पादन, पर्यटन र सीमा–पार व्यापारमा उच्च सम्भावना रहेको छ । पञ्चेश्वर, कर्णाली र पश्चिम सेती जस्ता जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान पुर्याउने अध्यक्ष अग्रवालले बताए ।
प्रदेश कृषि–प्रधान भएकाले धान, मकै, गहुँ, फलफूल, मसला तथा जडीबुटीमा आधारित उद्योग, प्रशोधन र निर्यात–केन्द्रित लगानी आकर्षण गर्न सकिने चेम्बरले उल्लेख गरेको छ ।
लगानी सम्मेलनमा नीति तथा लगानी–मैत्री वातावरण निर्माण गर्न कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (पीपीपी ) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाव दिएको छ । वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा हुने चेम्बर अध्यक्ष अग्रवालले बताए ।
२००७ सालमा स्थापना भएको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक तथा औद्योगिक गतिविधि विस्तारलाई सधैँ उच्च प्राथमिकतामा राख्ने अध्यक्ष अग्रवालले बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि चेम्बरको सहयोग महत्त्वपूर्ण रहेको र सहकार्यका लागि प्रस्ताव गरे ।
चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रदेशमा बा“झो जमिनलाई सदुपयोग गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण