प्रिमियर लिग
लिभरपुलसँग आर्सनल पराजित
सोमबार, १६ भदौ २०८२, ०० : ३१
सारांश
- लिभरपुलले आर्सनललाई १-० ले पराजित गर्यो, डोमिनिक सोबोस्लाइको फ्रिकिक निर्णायक बन्यो।
- लिभरपुलले लगातार तेस्रो जित दर्ता गर्दै उत्कृष्ट सुरुवात गरेको छ।
- म्यानचेस्टर सिटी ब्राइटनसँग २-१ ले पराजित भयो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको प्रारम्भिक चरणमै दुई शीर्ष दाबेदारबिच भएको रोमाञ्चक खेलमा लिभरपुलले आर्सनललाई १–० गोलले पराजित गरेको छ।
आइतबार राति सम्पन्न खेलमा लिभरपुलका डोमिनिक सोबोस्लाइले ८३औँ मिनेटमा गरेको शानदार फ्रिकिक नै निर्णायक बन्यो।
लगातार तेस्रो जितसँगै गत वर्षको च्याम्पियन लिभरपुलले उत्कृष्ट सुरुवात कायम गरेको छ। अर्कोतर्फ, आर्सनलले यस सिजनको पहिलो हार भोग्नुका साथै पहिलो गोल पनि खाएको छ।
यसैबीच, अर्को खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग २–१ ले पराजित हुँदै लगातार दोस्रो व्यहाेरेकाे खेपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण