आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एकैदिन अछाममा ४६ छाउगोठ भत्काइए

सोमबार, १६ भदौ २०८२, १० : ०४
सोमबार, १६ भदौ २०८२

सारांश

  • अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।
  • जिल्ला प्रहरी कार्यालय अछामका अनुसार छाउगोठ भत्काउने कार्य भएको हो।
  • स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र महिला समूहको सहभागितामा छाउगोठ भत्काइएको छ।
00:00 / NaN:NaN
Audio By AI

धनगढी । अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र मंगलसेन नगरपालिका क्षेत्रमा ३ वटा छाउगोठ भत्काइएका हुन्।

प्रहरीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्र भलादमी र महिला समूहका प्रतिनिधिहरूको सहभागितामा छाउगोठ भत्काउने कार्य गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप