दुर्घटना
दार्चुलामा खोलामा अटो खस्यो, तीन जना बेपत्ता
सोमबार, १६ भदौ २०८२, १४ : ४९
दार्चुला । दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका वडा नम्बर ५ सौँकेबजार नजिक गोकुलेश्वर होपरी भित्री सडकखण्डमा सोमबार दिउँसो अटो खोलामा खसेको हो ।
होपरी गाडबाट मसीने बगरतर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खोलामा खसेको हो ।
अटोमा चालकसहित पाँच जना सवार थिए । बेपत्ता तीन जनाको पहिचान भने हुन सकेको छैन । सोही ठाउँमा १६ वर्षीय आयुश भुलको दाहिने हातमा चोट लागेर गोकुलेश्वर बजारमा उपचारका लागि लगिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार बेपत्ताहरूको खोजी कार्य भइरहेको छ । प्रहरीले चालकलाई भने नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण