अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ८०० पुग्यो
सारांश
- आइतबार अफगानिस्तानमा ६ रेक्टर स्केलको भूकम्प जाँदा ८०० जनाको मृत्यु भएको छ, भने २५०० भन्दा बढी घाइते भएका छन्।
- भूकम्पका कारण मानिसहरू सुतिरहेको अवस्थामा भवन भत्किँदा ठूलो मानवीय क्षति भएको छ।
- भूकम्पको केन्द्रबिन्दु जलालाबाद सहरबाट १७ माइल टाढा थियो, र यसको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको थियो।
काबुल । अफगानिस्तानमा आइतबार मध्यरात ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेहरूको संख्या ८ सय पुगेको छ भने २५०० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पका कारण धेरै मानिस सुतिरहेको अवस्थामा भवनका भग्नावशेषमा दबिएका थिए, जसले ठुलो मानवीय क्षति भएको छ ।
अधिकारीहरूका अनुसार मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना छ । भूकम्पको समयमा अधिकांश मानिस गहिरो निद्रामा रहेकाले उनीहरू भत्किएका घरहरूको भग्नावशेषमा च्यापिएका थिए । सहरमा रातभरि लगातार भूकम्पका धक्काहरू महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) अनुसार भूकम्प २ लाख जनसंख्या भएको जलालाबाद सहरबाट करिब १७ माइल (२७ किलोमिटर) टाढा केन्द्रबिन्दु बनाएर गएको थियो । यो राजधानी काबुलबाट १५० किलोमिटरको दूरीमा पर्छ ।
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार सबैभन्दा बढी मृत्यु छिमेकी कुनार प्रान्तमा भएको छ ।
यसैबिच सोमबार ४ दशमलव ६ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो । यो भूकम्प जमिनको ६५ किलोमिटर गहिराइमा गएको थियो । अल जजिराका अनुसार भूकम्पका धक्काहरू पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा पनि महसुस गरिएको थियो । त्यस्तै भारतको गुरुग्राममा समेत हल्का धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण