लगानी आकर्षित गर्न वातावरण र सामाजिक सुशासन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने
विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा सोमबार वातावरण र सामाजिक सुशासन (इएसजी) सम्बन्धी अन्तरक्रिया भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले वातावरण, पर्यावरण र सामाजिक सुशासन आजको विश्व व्यावसायिक जगतमा महत्त्वपूर्ण अवधारणा बनिसकेको बताए ।
उनले अहिलेको परिप्रेक्ष्यमा लगानीकर्ताहरूले अब कम्पनी वा उद्योगको मूल्य केवल नाफा र घाटामा मात्र नभएर सामाजिक उत्तरदायित्व, वातावरणीय प्रभाव र सुशासन अभ्यासको आधारमा पनि गर्ने गरेको बताए ।
राउतले इएसजी अवधारणाले कोशी प्रदेशलाई मात्र नभई सम्पूर्ण नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
उनले कोशी प्रदेशमा इएसजी अभ्यासहरूलाई अपनाउन सके भविष्यमा यो प्रदेश लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्ने कुरामा जोड दिए ।
कार्यक्रममा आईफसीका यजस्वी श्रेष्ठले आईफसीको परिचय तथा नेपालमा सञ्चालित कार्यक्रमहरू र कार्यक्रमको उद्देश्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी आईफसीका लोपा रहमान र सोफिया टामोटले व्यावसायिक सुशासन र यसको महत्वका साथै वातावरण र सामाजिक चुनौतीबारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमाथि मोरङ उद्योग व्यापार सङ्घका उपाध्यक्ष अनिल सारडाले उद्योगहरूको अवस्थाबारे जानकारी गराउँदै इएसजी मापदण्डहरूबारे जिज्ञासा राखे ।
यस्तै ग्रीन यार्ड एग्रो फार्मका सञ्चालक गिरीराज बस्नेतले कृषि क्षेत्रमा वातावरणीय जोखिम अधिक रहेको औँल्याउँदै गाईपालन क्षेत्रमा रहेको जोखिमबारे अवगत गराएका थिए ।
कार्यक्रममा सहभागीहरूले आईफसीले नेपालमा गर्ने लगानी तथा यसका प्रक्रियाबारे पनि प्रश्न गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू र ४० भन्दा बढी उद्योग प्रतिष्ठानका सञ्चालकहरू गरी करिब ५० जनाको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण