संगीत
यश कुमारले ल्याए स्मिता प्रधानको स्वरमा ‘हल्का हल्का’
सोमबार, १६ भदौ २०८२, २० : १३
काठमाडौँ । गायक तथा संगीतकार यश कुमारले नयाँ गीत ‘हल्का हल्का’ ल्याएका छन् । गीतमा स्मिता प्रधानको स्वर छ । मायाप्रेमको भाव व्यक्त गर्ने गीतमा यश कुमारकै शब्द तथा संगीत छ ।
अलिअलि हल्का हल्का तिमीतिर बढ्दै गएँ
जसै तिम्रो आनीबानी पर्दै गएँ
गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।
यश कुमारले नै निर्देशन गरेको गीतको भिडियोमा नेपाल व्याप्त ठेक्कापट्टा र भ्रष्टाचार प्रवृत्तिलाई समेत चित्रण गरिएको छ । भिडियोमा यश कुमार, स्मिता प्रधान, राजेश घतानी, दीपेन्द्र सोनाम, सौगात कारञ्जित, तुलसा लिम्बू र सुदीप सोनाम फिचर्ड छन् ।
भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीत ‘यश कुमार अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण