महिला विश्वकपको पुरस्कार राशिमा चार गुणा वृद्धि
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला क्रिकेट विश्वकप २०२५ को पुरस्कार राशिमा ऐतिहासिक वृद्धि गरेको छ । यस पटकको कूल पुरस्कार राशि गत संस्करणको भन्दा चार गुणा बढी, अर्थात् १३.३८ मिलियन डलर रहनेछ ।
आईसीसीका अध्यक्ष जय शाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत् जानकारी दिँदै भने, “महिला क्रिकेटलाई प्रवर्द्धन गर्ने उद्देश्यले यसपटकको विश्वकपमा अभूतपूर्व पुरस्कार राशि तोकिएको छ। यो घोषणा २०२२ को महिला विश्वकप र २०२३ को पुरुष विश्वकपको पुरस्कार रकमभन्दा बढी हो ।’
सन् २०२२ मा न्युजिल्याण्डमा सम्पन्न महिला विश्वकपको कुल पुरस्कार राशि ३.५ मिलियन डलर मात्र थियो। तर आगामी २०२५ संस्करणमा विजेता टोलीलाई ४.४८ मिलियन डलर र उपविजेता टोलीलाई २.२४ मिलियन डलर प्रदान गरिनेछ ।
महिला विश्वकप २०२५ आगामी सेप्टेम्बर ३० देखि सुरु हुनेछ। प्रतियोगितामा कुल ८ टोलीले भाग लिनेछन्। उद्घाटन खेल भारत र श्रीलङ्काबिच आसामको गुवाहाटीमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण