शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिटी एक्सप्रेसको दसैँ–तिहार अफर सार्वजनिक, हरेक हप्तामा १ लाख उपहार

सोमबार, १६ भदौ २०८२, २० : ५०
सोमबार, १६ भदौ २०८२

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गरी नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।

“यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” भन्ने नारासहितको यो योजना लगातार ९ हप्तासम्म सञ्चालन हुनेछ ।

उपहार योजनाको घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल उपस्थित थिए ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत हरेक हप्तामा लक्की ड्रमार्फत एक जनाले नगद १ लाख रुपैयाँ जित्नेछन्। साथै, दैनिक रूपमा सिटी पे प्रयोग गर्ने सबै सेवाग्राहीले क्यास ब्याक पाउने व्यवस्था गरिएको छ ।

यो अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ। यस अवधिमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पठाइने सम्पूर्ण रेमिट्यान्स सेवाग्राही स्वचालित रूपमा योजनामा सहभागी हुनेछन् । विजेताको छनोट विद्युतीय प्रणालीद्वारा हुने र योजना सिटी एक्सप्रेसका कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । हालै कम्पनीले ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानी सेवा सुरु गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप