नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
सारांश
- काठमाडौं प्रहरीले नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अचल लामिछाने, सन्देश गौतम र सविन आलेमगर रहेका छन्।
- उनीहरूले सामाखुशीस्थित इजीसपमा एसइई, प्रहरी रिपोर्टलगायत नक्कली कागजात बनाउने गरेको पाइएको छ।
काठमाडौँ। प्रहरीले नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गोरखा सहिदलखन गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत, विरेन्द्रनगर नगरपालिका–७ घर भई हाल कामाडौँ धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २१ वर्षीय सविन आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उनले भने, “काठमाडौँको सामाखुशी टाउनप्लानिङमा अचल लामिछानेले सञ्चालन गरेको ‘इजीसप’मा एसइई, प्रहरी रिपोर्ट, विभिन्न होटल तथा संस्थामा काम गरेको ‘एक्सप्रेन्स लेटर’सहित नक्कली (किर्ते) कागजात बनाउने गरेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।”
खानतलासी गर्दा पसलमा भएको कम्प्युटरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको किर्ते कागजात फेला परेकामा उक्त कम्प्युटर बरामद गरी निज तीन जनालाई नियन्त्रणमा लिई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण