काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय टोलीले मङ्गलवार दशरथ रङ्गशालामा अभ्यास गरेको छ । भदौ २१ र २४ गते हुने बङ्गलादेश र नेपालबिच हुने खेलअघि टोलीले दशरथ रङ्गशालामा अभ्यास गरेको हो ।
लिग खेल समयमै नभएको कारण खेलाडीको अभ्यासमा असर परेको खेलाडीहरूको गुनासो छ । यस्तो पृष्ठभूमिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।
खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली भदौ १८ गते नेपाल आइपुग्नेछ।
बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको छ।
तस्बिर : सुवास श्रेष्ठ
_dY6AGByrlk.jpg)
_wTnyQ37uzt.jpg)
_XbPPld6jtu.jpg)
_owYUCTNkqP.jpg)
_urVOncxV0S.jpg)
_sBQc8ppd6M.jpg)
_EpYqHYmhFq.jpg)
_zDnB9FlOC7.jpg)
_3jbBJhqPR6.jpg)
_FjZD7bjQv6.jpg)
_wyCl2ijRfC.jpg)
_J00kOXyee9.jpg)
_gDwf0HbQqX.jpg)
_xVwckWqym4.jpg)
_jJCgOWw5dD.jpg)
_HCjAYT5IBW.jpg)
_ZOo9dYVE3A.jpg)
_0dORWFquiI.jpg)
_Quk9gtjdaJ.jpg)
_Q8kSVGvnBh.jpg)
प्रतिक्रिया