बागमती प्रदेशसभा : कार्यसूचीबाट चिट्ठा विधेयक हटाइयो
सारांश
- एमालेको असन्तुष्टिले बागमती प्रदेशसभा बैठकबाट चिट्टा विधेयक हटाइयो।
- विधेयकमाथिको छलफलपछि एमालेले तत्काल पारित गर्न नचाहेको बताइएको छ।
- सत्तापक्षबीच सहमति नहुँदा चिट्टा विधेयक अघि बढ्न सकेन।
हेटौँडा । बागमती प्रदेशसभा बैठकको कार्यसूचीबाट चिट्टा विधेयक हटाइएको छ । सत्तारुढ दल एमालेको असन्तुष्टिका कारण प्रदेशसभा बैठकको कार्यसूचीबाट चिट्टा विधेयकको प्रस्ताव हटाइएको हो ।
मंगलबार बसेको बैठकमा प्रदेशस्तरीय चिट्टा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गर्ने तयारी रहको थियो ।
भदौ १५ गतेको बैठकमा प्रदेश मामिला समितिले तयार गरेको उक्त विधेयकको प्रतिवेदन पेस गरिएको थियो । समितिका सभापति छिरिङ दोर्जे लामाले पेस गरेको उक्त विधेयकको प्रतिवेदन माथि भदौ १६ गतेको बैठकमा छलफल सुरु भएको थियो ।
संसद सचिवालयका एक कर्मचारीले चिट्टा विधेयकमा सत्तारुढ दल एमालेको असहमति कायम रहेकाले बैठकको कार्यसूचीबाट हटाइएको बताए । एमालेले तत्काल उक्त विधेयक पारित गर्न नचाहेको सचिवालयका ती अधिकारीले बताए ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियले भने विधेयकका प्रतिवेदन अध्ययन गर्न बाँकी रहेकाले हाललाई रोकिएको बताए । विधेयकका विविध समस्याहरू हल गर्न समितिले प्रतिवेदनमा केही विषयहरू सम्बोधन गरे पनि थप छलफल गर्न बाँकी रहेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सत्तारुद्ध दलहरू बिच नै कुरा नमिलेपछि विधेयक अघि नबढाइएको बताए । प्रतिपक्ष दलले सहयोग गरेर छलफलको क्रममा अघि बढेपनि सत्तारुद्ध दलहरू बिच सहमति हुन नसकेको उनले बताए । सत्तारुढ दल कांग्रेस विधेयक अघि बढाउन सकारात्मक देखिएको भएपनि एमाले तयार नहुँदा विधेयक रोकिएको उनले बताए ।
प्रदेशसभाको मंगलबारको बैठकमा शून्य समय र समितिका सदस्यहरूको हेरफेर हुने कार्यसूची मात्रै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण