बागमती ‘चलचित्र विकास बोर्ड’को माग गर्दै मुख्यमन्त्री बानियाँलाई पत्र
सारांश
- सांस्कृतिककर्मीहरूले बागमती प्रदेशमा 'बागमती प्रज्ञा प्रतिष्ठान' र 'बागमती चलचित्र विकास बोर्ड'को माग गर्दै मुख्यमन्त्रीलाई मागपत्र बुझाएका छन्।
- टोलीले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशले जस्तै बागमती प्रदेशमा पनि यस्ता संस्थाहरू गठन गर्न माग गरेको छ।
- मुख्यमन्त्रीले मागपत्र ग्रहण गर्दै यस विषयमा सकारात्मक ध्यान दिने आश्वासन दिए।
काठमाडौँ । बागमती प्रदेशमामा पनि ‘बागमती प्रज्ञा प्रतिष्ठान’ र ‘बागमती चलचित्र विकास बोर्ड’को माग गर्दै सांस्कृतिककर्मीको एक समूहले टोलीले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई औपचारिक मागपत्र बुझाएका छन् । सांस्कृतिक महासंघका सभापति तीर्थ बहादुर थापाको नेतृत्वमा गएको एक टोलीले मुख्यमन्त्री बानियाँलाई स्वागत तथा सम्मान गर्दै उक्त माग राखेका हुन् ।
मागपत्रमा गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरू गठन गरिसकेको सन्दर्भ दिँदै, बागमती प्रदेश सरकारले पनि भाषा–साहित्य, ललितकला, सङ्गीत तथा नाट्य विधा समेट्ने ‘बागमती प्रज्ञा प्रतिष्ठान’ यथाशीघ्र गठन गर्न माग गरिएको टोलीमा सहभागी नेपाल सांस्कृतिक महासङ्घमा महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले जनाकारी दिए ।
रिजालका अनुसार नेपाल चलचित्र विकास बोर्डजस्तै गरी बागमती प्रदेशको मातहत ‘बागमती चलचित्र विकास बोर्ड’ गठन गर्न माग गरिएको छ । कलाकर्मीसँगको भेटमा मुख्यमन्त्री बानियाँले मागपत्र ग्रहण गर्दै यस विषयमा आफूले सकारात्मक ध्यान दिने आश्वासन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण