राति पनि होटल खोल्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग
सारांश
- तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटल खोल्न पाउनुपर्ने माग गरेका छन्।
- कोरोनापछि व्यापार ठप्प भएको र प्रहरीले ९ बजे नै बन्द गराउँदा व्यवसायी मारमा परेको गुनासो छ।
- तुलसीपुर उपमहानगरपालिकाले होटल सञ्चालन समयको विषयमा छलफल गर्न बैठक बोलाएको थियो।
दाङ । तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरूको माग छ ।
तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत भन्छन्, ‘कोरोनापछि सबैतिरको व्यापार ठप्प छ, झन् होटल व्यवसायी मारमा छन्, यस्तो बेला होटललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’
जिल्ला प्रशासन कार्यालयले राती ११ः०० बजेसम्म खोल्न पाउने अनुमति दिएको भए पनि प्रहरीले ९ः०० बजे नै बन्द गराउँदै आएकाले व्यवसायी थप मारमा परेका हुन् । ‘प्रहरीले जबर्जस्ती ९ः०० बजे नै बन्द गराउँदै हिँडिरहेका छन्, यसले हामीलाई मार परेको छ”, उनले भने । राति गाडीमा बाहिरबाट आउनेहरूलाई पनि मध्यनजर गर्नुपर्ने उनको भनाइ छ ।
तुलसीपुरमा पाँच सय बढी होटल व्यवसायी छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले होटल सञ्चालन गर्ने समयको विषयमा जिल्लाभर एकरूपता हुनुपर्ने बताए ।
प्रहरीले धरपकड गर्ने गरेको भन्दै व्यवसायीले ध्यानाकर्षण गराएपछि सोमबार मात्रै उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण