रेल चढेर चीन पुगे उत्तर कोरियाली राष्ट्रपति किम
सारांश
- उत्तर कोरियाली नेता किम जोङ उन चीनको बेइजिङ पुगेका छन्, सैन्य परेडमा सहभागी हुनको लागि।
- किमले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कार्यक्रम रहेको छ।
- किम जोङ उन आफ्नो पुरानो निजी रेल चढेर चीन पुगेका थिए, र यो उनको दोस्रो चीन भ्रमण हो।
बेइजिङ । उत्तर कोरियाली नेता तथा राष्ट्रपति किम जोङ उन चीनको राजधानी बेइजिङ पुगेका छन् । सैन्य परेडमा सहभागी हुन उनी चीन गएका हुन् ।
बुधबार हुने विजय दिवसमा किमले चिनियाँ राष्ट्रपति सि चिनफिङको साथमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्नेछन् । मंगलबार पुस्तौं पुरानो निजी रेल चढेर किम चीन पुगेका थिए । किम सोमबार प्योङयाङबाट हिँडेका थिए । रेलमा भारी मात्रामा सुरक्षा व्यवस्था राखिँदा किमको रेल अलिक सुस्तरी गुडेकाले चीन पुग्न समय लागेको हो ।
सन् १९५९ यता कुनै चिनियाँ नेता चीनको सैन्य परेडमा सहभागी हुन लागेको यो पहिलो पटक हुनेछ । यस पटकको किमको चीन भ्रमण बहुपक्षीय अन्तर्राष्ट्रिय भेटघाट हुँदै छ । सो दिवसका लागि भनेर म्यानमार, इरान, क्युबासमेत २६ देशका प्रमुखहरू आएका छन् । सन् २०१५ को विजय दिवसमा उत्तर कोरियाले आफ्नो शीर्ष अधिकारी चोई र्योङ हएलाई पठाएको थियो ।
यसअघि किम २०१९ मा चीन पुगेका थिए । यो यात्रा पनि उनले निजी रेलमै गरेका थिए । किमका पिता किम जोङ द्वितीय हवाई यात्रा गर्न निकै डराउँथे । त्यसैले उनी पिताको पालाकै रेलमा हिँड्थे । पिताको कदमलाई पछ्याउँदै किम जोङ उन पनि पुर्खाले यात्रा गर्ने गरेकै रेलमै हिँडिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण