राप्रपाले आन्तरिक निर्वाचन मार्फत उम्मेदवार छान्ने, को–को हुन्छन् मतदाता
सारांश
- राप्रपाको संसदीय समिति बैठकले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रणाली अपनाउने निर्णय गर्यो।
- प्रजातान्त्रिक ढङ्गबाट उम्मेदवार छनौटका लागि आन्तरिक प्रारम्भिक निर्वाचन गर्ने निर्णय गरियो।
- रुपन्देही उपनिर्वाचन परिचालन समितिले आन्तरिक निर्वाचनको आवश्यक प्रबन्ध गर्नेछ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय समितिको बैठक मंगलबार बसेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले रुपन्देहीको क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नवीन अभ्यासको रूपमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको छ ।
रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइआएका आकाङ्क्षी उम्मेदवारहरु मध्येबाट प्रजातान्त्रिक ढङ्गबाट उम्मेदवार छनौट गर्न मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकाङ्क्षी उम्मेदवारलाई उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने निर्णय गरिएको छ ।
आन्तरिक प्रारम्भिक निर्वाचन यथाशीघ्र गरिने र सो को आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय समेत भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।
आन्तरिक प्रारम्भिक निर्वाचनका मतदाताहरू यसप्रकार रहनेछ
क) रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू ।
ख) रुपन्देही–३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू ।
ग) रुपन्देही–३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू ।
घ) रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू ।
ङ) रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू ।
च) रुपन्देही जिल्ला क्षेत्र नं–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू ।
छ) २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ सङ्गठनका पदाधिकारी तथा सदस्यहरू ।
ज) २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरू रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण