कर्णालीमा सामाजिक विकास मन्त्रालयले गर्यो ६९ कर्मचारीको सरुवा
सुर्खेत । कर्णालीको सामाजिक विकास मन्त्रालयले विभिन्न सेवा समूहका ६९ जना कर्मचारीको सरुवा गरेको छ । आइतबार गरिएको निर्णय अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारीहरू यस सरुवाबाट बढी प्रभावित भएका छन् ।
सरुवा सूची अनुसार प्रदेशभित्रका विभिन्न जिल्ला तथा कार्यालयहरूमा कार्यरत वरिष्ठ शिक्षा अधिकृत, मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य सहायक, फर्मासिस्ट, रेडियोग्राफर, ल्याब टेक्निसियन, आयुर्वेद कविराज लगायत पदहरूमा कार्यरत कर्मचारीहरूलाई एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरिएको छ ।
खिमप्रसाद ढकाल, तुलाराज चौलागाईं र भीमप्रसाद पोखरेल जस्ता वरिष्ठ शिक्षा अधिकृतहरूलाई क्रमशः शिक्षा विकास निर्देशनालय सुर्खेत, सामाजिक विकास कार्यालय रुकुमपश्चिम र मानव संशाधन विकास केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।
धेरै स्वास्थ्यकर्मीलाई जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरू कालीकोट, रुकुम पश्चिम, जाजरकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख, सल्यानबाट प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ । डा. महेश चौलागाईं र भीष्मप्रसाद पोखरेल जस्ता मेडिकल अधिकृतहरूलाई प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ ।
यस्तै, टीकाराम जैसी, जनस्वास्थ्य अधिकृत (पदनाम) सातौँ, हाल स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतमा कामकाज गरिरहेकालाई प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ र उनको कैफियतमा ‘फाजिल व्यवस्थापन’ उल्लेख छ ।
केही नर्सिङ स्टाफहरूलाई पनि विभिन्न जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरूबाट प्रदेश अस्पताल, सुर्खेत र अन्य जिल्लाका कार्यालयहरूमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण