शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एएफसी यू–२३ एसियन कप छनोट :  ताजकिस्तानलाई हराउने नेपालको लक्ष्य

बुधबार, १८ भदौ २०८२, ११ : ३५
बुधबार, १८ भदौ २०८२

सारांश

  • एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले बुधबार आयोजक ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
  • मुख्य प्रशिक्षक नविन न्यौपानेले जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन्, र कप्तान आयुष घलानको नेतृत्वमा टोली रहेको छ।
  • नेपालले समूह 'के' मा ताजकिस्तान, सिरिया र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ, छनोटमा जित महत्त्वपूर्ण हुनेछ।

काठमाडौँ ।  एएफसी यू– २३ एसियन कप छनोट अन्तर्गत नेपाली टोलीले बुधबार आयोजक ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ  । प्रतियोगितामा नेपाली टोली यो पटक बेग्लै आत्मबलका साथ मैदान उत्रनेछ ।

मुख्य प्रशिक्षक नविन न्यौपाने यो प्रतिस्पर्धालाई सिक्ने र अनुभव बटुल्ने मात्र होइन जित्ने उर्जाका साथ मैदान उत्रने बताउँछन् । नेपाल र ताजकिस्तान बिचको खेल सेन्ट्रल रिपब्लिकन स्टेडियममा नेपाली समयअनुसार राति ९ : ४५ बजेबाट सुरु हुनेछ ।

फिफा वरीयतामा आफूभन्दा ७० स्थान माथि रहेको देशसँग खेल्दा नेपालले बलियो भएर जितको योजना बनाउने बताएको छ ।  ‘हामी जित्न आएका हौँ । सधैँ अनुभव बटुल्ने र पराजित हुने भन्ने हुँदैन हामी हार्न होइन जित्न आएका हौँ,’ मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रि–म्याच कन्फ्रेन्समा भनेका थिए । 

कप्तान आयुष घलानले नेतृत्वमा रहेको टोली हाल ताजकिस्तानमा नेपालको जस्तै मौसम भएको हुँदा केही सहज हुने अपेक्षामा छ । नेपाली राष्ट्रिय टोलीमा पहिले नै खेलिसकेका केही अनुहारहरूसँगै नयाँ पुस्ताका युवा खेलाडी टिमा रहेको कारण केही सहज हुने पनि बताएका छन् । 

समूह ‘के’ मा नेपालले पहिलो खेलमै घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ । छनोटमा हरेक जितले एएफसी यू–२३ एसियन कप खेल्ने ढोकातर्फ लानेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप